<h5 style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">काठमाडौं । विभिन्न जिल्लामा गएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । 
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">बाढी र पहिरोमा परेर कम्तिमा ५० जना बेपत्ता भएका छन् । त्यसैगरी ३४ हजार घर डुवानमा परेको र करिब ४ सय घर क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">मन्त्रालयका अनुसार बाढी र पहिरोमा सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ । रौतहटमा ७ जनाको मृत्यु भएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">त्यसैगरी झापामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३ र चितवनमा २ जनाको मृत्यु भएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले झण्डै १९ हजार घरपरिवार विस्थापित भएको जनाएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">बाढी, पहिरो तथा डुबानपछि सृजित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै राहत, उद्धारका लागि प्रभावकारी काम नभएकाले तत्काल त्यसमा जुट्न आह्वान गरेको छ ।
25.42¡ÆC