<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">काठमाडौं । मौसमविद्ले सोमबारदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् । मनसुन सक्रिय पारेको प्रणाली कमजोर बनेकाले तत्काल बाढी आउने गरी ठूलो पानी नपर्ने मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो ।</p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">केही दिनको झरीका कारण तराईका केही जिल्लामा भने अहिले पनि बाढी आइरहेको छ । तर अब बिस्तारै नदी तथा खोलामा पानीको सतह कम हुँदै जाने पौडेलले बताउनुभयो । मनसुन कायमै रहेकाले लगातार झरी नपरेपनि वर्षा भने हुने उहाँले बताउनुभयो ।</p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">यतिबेला चितवनको माडी, नवलपरासी र बर्दियामा पानी परिरहेको छ । मध्य र पश्चिमका केही ठाउँमा सोमबार पानी पर्ने पूर्वानुमान छ । पूर्वमा भने विस्तारै अब कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।</p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">यसैबिच बाढी पूर्वानुमान शाखाले बिजुली बत्ती अबरुद्ध भएकाले बाढीको सूचना प्रभावकारी बन्न नसकेको जनाएको छ । मोबाइलमा एसएमएस पठाए पनि बिजुली बत्ती नहुँदा त्यो जानकारी प्रभावितसम्म नपुगेकाले बाढीको बारे जानकारी दिन समाचार सुन्न शाखाले आग्रह गरेको छ । </p>
16.09¡ÆC