<h4 style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">नवलपरासी । शुक्रबार रातिदेखि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तरर्गत नवलपरासीको दाउन्ने सडकखण्ड तत्काल सञ्चालनमा आउन नसक्ने भएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">बुटवल-नारायणगढ सडकको बर्दघाटदेखि दुम्किवाससम्म ७ भन्दा बढी स्थानमा गएको पहिरो हटाउन नपाउँदै सडक करिब ३५ मिटर ओरालोमा भाँसिन गएपछि अवरुद्ध सडक तत्काल सञ्चालनमा आउन सम्भव नभएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">नयाँ ट्रयाक खोल्न सो स्थानमा दुई वटा डोजर र जेसिभी लगाएर कामलाई तिव्रता दिए पनि एकतर्फी सडक सञ्चालन हुन करिब ५/६ घण्टा लाग्ने उनले जानकारी दिए ।
<h5 style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन दुम्किवास र बर्दघाटमा रोकिएका छन् । वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा पर्न सक्ने भन्दै जिल्ला दैविप्रकोप उद्दार समितिले सजगता अपनाउन आग्रह गरेको छ ।
23.49¡ÆC