काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकै परिवारका चारको मृत्यु भएको छ ।

प्रधानमन्त्री देउवाले शनिबार विहानै बाढी-पहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखहरूलाई सम्पर्क गरी विपतको चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत हरतरहको सहयोग प्रदान गर्न निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।

16.49¡ÆC