प्रहरीकै लापर्वाही : सिन्धुलीमा पहिरोले पुरिएर एकै परिवारका ४ को मृत्यु, २० घर जोखिममा

साउन २८, २०७४ मा प्रकाशित | 1138 views

सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा शनिबार बिहान चार जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । लगातार दुई दिनदेखि परिरेहको पानी सँगै जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिँदा उक्त घट्ना भएको हो ।

शनिबार बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको हो । घट्नामासँगै सुतिरहेका उद्यबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

पत्रकार महासंघको जमिनमा टहरो बनाएर बस्दै आएका थिए ।

पहिरो पुरिएर मृत्युुको ,दुर्गाकुमारी खड्का ,२५ वर्ष ,शोभा खड्का, १५ वर्ष,अनिस खड्का , १० वर्ष ,मनिष खड्का, ८ वर्ष
जिल्ला प्रहरी कार्यालयले भवन बनाउँदा माटो थुपारेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै पत्रकार महासंघ सिन्धुलीले जिल्ला प्रहरी कार्यालयलाई बारम्बार हटाउन अनुरोध गरेपनि प्रहरीले बेवास्ता गर्दा घटना हुनपुगेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ ।

यद्धपी प्रहरीले नयाँ खनेको माटोको व्यवस्थापन राम्रोसंग नगर्नेका कारणले पत्रकार महासंघको भवन समेत खतरामा रहेको पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभएको छ ।

प्रहरी कार्यालय नजिकै रहेका करिब २० घर जोखिममा रहेको भन्दै स्थानीयले व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयसमक्ष स्थानीयले माग समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web