एमाले नेता माधवकुमार नेपाल उत्तर कोरिया प्रस्थान

साउन २७, २०७४ मा प्रकाशित | 1874 views

<p>काठमाडौं &nbsp;– नेकपा एमालेका बरिष्ट नेता माधवकुमार नेपाल शुक्रबार उत्तर कोरिया प्रस्थान गर्नुभएको छ । उत्तर कोरिया सरकारको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनु भयो ।</p><p>‘इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पेक्तु’ नामक कार्यक्रममा सहभागी हुन नेपाल सांसदहरुको नेतृत्व गर्दै जानुभएको हो ।&nbsp;</p><p>टोलीमा नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल, नेपाल परिवार दलका एकनाथ ढकाललगायत सांसद हुनुहुन्छ । नेता नेपालको टोली एक सातापछि स्वदेश फर्कने छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web