डा. गोविन्द केसीको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगद्धारा सरकारसँग अपिल

साउन २७, २०७४ मा प्रकाशित | 986 views

काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १९ दिनदेखी आमरण अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेको छ ।

आज आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा अनशनका कारण डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको पाएपछि सरकारसमक्ष जीवनरक्षाको माग गरेको आयोगका सदस्य मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनशनरत डा केसीसँग विगतमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गरी समस्याको समाधान गर्नसमेत आयोगले विज्ञप्तिमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web