अबिरल बर्षाको कारण वीरगंज नगर क्षेत्रको अधिकांश भाग डुबानमा

साउन २७, २०७४ मा प्रकाशित | 1025 views

बीरगंज ।

आज बिहान देखी परेको अबिरल बर्षाको कारण वीरगंज नगर क्षेत्रको अधिकांश भाग डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ ।

वीरगंजको आदर्शनगर, जेलरोड, गणेशमान चोक, रानीघाट, पानीटंकी, भषुवा, लक्ष्मणवा, छपकैया, मुर्लि, श्रीपुर,राधेमाई,बसपार्क लगायतका क्षेत्रमा पानी जमेको कारण सडक तथा आसपासका झण्डै ५ सय भन्दा बढी घरहरुमा पानी पसेपछि जनजीवन प्रभावित भएको हो ।

वीरगंजको आदर्शनगर,मिनाबजार,माईस्थान जिल्ला प्रसासन कार्यालय अगाडी झण्डै ३ फिट पानी जमेको कारण आसपासका पसलमा राखिएका सामानहरु डुबेर लाखौको क्षति भएको ब्यवसायी शुशिल अग्रवालले बताउनुभयो ।

बीरगंज उपमहानगरपालीकाले नालाको समयमै उचित मर्मत सम्भार नगर्दा तथा फोहोरको कारण नाला बन्द भएको र बर्षाको फोहोर पानि निकास हुन नसक्दा नगरको अधिकांश क्षेत्र डुबानमा परेको हो ।

बीरगंज नगर क्षेत्रमा लामो समय देखी डुबानको समस्या रहदै आएको भएपनि यसतर्फ राजनैतिक दल संबेदनशलि नभएको भन्दै स्थानिय बासिन्दा आक्रोसित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web