<h5 style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">काठमाडौं । माग एउटै– ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस् ।’ तर त्यत्तिका लागि प्रा.डा. गोविन्द केसी ११ पटक गरी एक सय ३६ दिन आमरण अनसन बसिसकेका छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; text-align: justify;">२०६९ असार २१ गते बाबुराम भट्टराईनेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ । प्रमुख तीन दलदेखि न्यायालयका प्रमुखका हरेक सरकारका पालामा सम्झौता भए तर चाँडै उल्लंघन गरिए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; text-align: justify;">पछिल्लो ११औं अनशन बिहीबार १८ औं दिन पुगेको छ । माग पूरा हुने वातावरण अझै बनेको छैन । अनशनका शृंखलासँगै यसका दिनहरूसमेत बढ्दै गएका छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; text-align: justify;">बुद्धिजीवीहरूले सरकार ‘थेत्तरो’ हुँदै गएको र त्यसको परिणामस्वरूप केसीको जीवन जोखिममा पुगेको बताउन थालेका छन् । दसौं सत्याग्रहमा उनी २२ दिन अनशन बस्नु परेको थियो । 
16.23¡ÆC