एमालेसँग अरु पार्टीले प्रतिस्पर्धा गर्ने सपना नदेखेकै राम्रो : ओली

साउन २६, २०७४ मा प्रकाशित | 1087 views

एमालेसँग अरु पार्टीले प्रतिस्पर्धा गर्ने सपना नदेखेकै राम्रो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सवालमा एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभएको छ ।

आज पार्टी कार्यालय धूम्रबाराहीमा पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो –“एमालेले लिएको राष्ट्रिय अडानका कारण कुनै पनि पार्टी एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन ।

अध्यक्ष ओलीले ‘‘एमालेसँग प्रतिस्पर्धा गर्न दम कुनै पार्टीले राख्न सक्दैनन्” भन्दै “केही पार्टी राज्यसत्ताको प्रयोग गरेर अनुचित ढंगले प्रतिस्पर्धा गर्न खोजेका छन्,” बताउनुभयो ।

वैचारिक, नीतिगत र सांगठनिक हिसाबले सबभन्दा ठूलो पार्टी एमाले भएको बताउँदै उहाँले “एमाले प्रमुख वामपन्थी पार्टीमात्र नभएर देशको प्रमुख पार्टी र राष्ट्रिय आन्दोलनको सिंगो नायक हो,” भन्नुभयो ।

अध्यक्ष ओलीले एमाले ठूलो दल भए पनि सजिलोसँग काम गर्न नदिएको र अनेकथरि तत्वले एमालेविरुद्ध लाग्ने गरेको आरोप लगाउनुभयो ।

पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी बनेको उल्लेख गर्दै उहाँले तराई–मधेशको विकासका लागि तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले मधेशमा पहिलो पार्टी बनेर विकास लहर ल्याउने बताउँदै राष्ट्रिय नीतिका बारेमा अन्य दल मौन बसेको आरोप लगाउनुभयो ।

एमालेले लिएको विचार नै राष्ट्रिय विचार हो उहाँले भन्नुभयो – “नेपालको राष्ट्रिय राजनीतिको मूलधार एमाले हो र यो पार्टीको विचार नै राष्ट्रिय विचार हो ।”

अध्यक्ष ओलीले केही वामपन्थी दलसँग अलिकति संक्रिणताका कारण वाम एकता हुन नसकेको उल्लेख गर्दै एमाले अटाएको ठाउँमा अन्य वामपन्थी पनि अटाउन सक्ने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा वाम बृद्धिजीवी गणेशकुमार अधिकारी र नेकपा (क्रान्तिकारी माओवादी)का नेवा राज्यसमिति सदस्य कमलप्रसाद घिमिरेसहित एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web