असहयोगी इण्डिया । नेपाली बुलेटमा ग्याँस नदिंदा ५ अर्ब लगानी जोखिममा

साउन २६, २०७४ मा प्रकाशित | 796 views

काठमाडौं ।

नेपालको विकास र प्रगतिमा सँधै अवरोध र खोचें थाप्दै असहयोग गर्दै आएको छिमेकी भारतले नेपालले आफ्नै ग्याँस बुलेटमा ग्याँस ल्याउन खोज्दा अवरोध गरेको छ ।

खाना पकाउने एलपी ग्यासको ढुवानी गर्ने ग्यास बुलेट सञ्चालनका लागि भारतले अनुमति नदिएर आफुमै परनिर्भर बनाउन खोज्दा नेपाली व्यवसायीको करिव ५ अर्ब लगानी जोखिममा परेको छ ।

ग्याँस बोक्न बुलेट तयार भए पनि सञ्चालनका लागि विस्फोटन खतरामुक्त प्रमाणपत्र नदिएर भारतले १ बर्षदेखी अवरोध गरिरहेको छ ।

नेपाल एलपी ग्यास उद्योग संघले लामो समयदेखि रोकिएर रहेका रहेका ग्यास बुलेट तत्काल सञ्चालनमा ल्याउने पहल गर्न सरकारसँग माग गरेको छ । सरकारले पहल नगर्दा भारतले बुलेट सञ्चालन गर्ने अनुमति दिन रोकेको संघले आरोप लगाएको छ ।

ग्यास ढुवानीमा भारतीय एकाधिकार तोड्न भन्दै सरकारले २०७३ असार २७ गते ७ सय ७५ थान ग्यास बुलेट खरिदका लागि व्यवसायीलाई स्वीकृति प्रदान गरेको थियो । सोही अनुरुप व्यवसायीले भारतमा ती बुलेट खरिद गरेका थिए ।

भारतीय ग्याँस बुलेटको गुणस्तर अनुसारनै बनेका बुलेटलाई अनुमति नदिएर भारतले नेपाललाई आफुमै परनिर्भर बनाएर दबावमा राख्न खोजेको व्यवसायिहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web