<span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">म्याग्दी<span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">।<span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;"> सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ। बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो।<br style="font-family: "Open Sans", sans-serif; font-size: 20px;"><span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए।<br style="font-family: "Open Sans", sans-serif; font-size: 20px;"><span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">‘सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ,’ उनले भने। साँघुरा सडक र गल्लीमा ठेलामा राखेर बिक्री गरिने चटपटे खानेको भिडले सवारी आवागमन प्रभावित भएको छ।<br style="font-family: "Open Sans", sans-serif; font-size: 20px;"><span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">चटपटे अमिलो बनाउन यहाँका केही व्यापारीले शौचालय सफा गर्न प्रयोग गरिने ‘हारपिक’ प्रयोग गरेको भेटिएपछि कडाइ गरिएको वडाध्यक्ष श्रेष्ठले भने।<br style="font-family: "Open Sans", sans-serif; font-size: 20px;"><span style="font-family: "Open Sans", sans-serif; font-size: 20px;">नगरपालिकाले सडक छेउछाउमा रहेका ट्यांकी र छाप्रोलाई वैकल्पिक ठाउँमा स्थानान्तरणको तयारी समेत गरेको छ। ठेला तथा ट्यांकी बनाएर फलफूल र शृङ्गार सामग्रीको व्यापार गर्दै आएका व्यापारीलाई स्थायी पूर्वाधार बनाएर स्थानान्तरण गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।
23.72¡ÆC