जात्रामा झडप हुँदा दश घाइते, नियन्त्रणमा लिन हवाई फायर

साउन २५, २०७४ मा प्रकाशित | 927 views

२५ साउन, नुवाकोट ।  बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डबलीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच आज झडप भएको छ ।

बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

लाखे नाचअन्तर्गतको हिले जात्रा हेर्न पुगेका जात्रालुहरु दुई समूहमा विभाजित भएर झडप हुदाँ दुवै पक्षका दश जना घाइते भएका छन् । घाइते हुनेमा बेलकोटगढी–६ का दीपराज लामा, प्रवीन तामाङ, प्रकाश तामाङ र सुब्बा तामाङ रहेको प्रहरी चौकी झिल्टुङका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पंकजकुमार सिंहले जानकारी दिनुभयो ।

यस्तै, बेलकोटगढी–७ रातमाटेका किरण लामा, चतुरमान लामा, अरुण अधिकारी, शम्भु कुँवर, निमा लामा र प्रदीप लामा घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरुको टाउकामा चोट तथा हात र खुट्टा भाँचिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web