फोरम लोकतान्त्रिकले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्छः जितेन्द्र

साउन २५, २०७४ मा प्रकाशित | 1033 views

काठमाडौं । फोरम लोकतान्त्रिक माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने निस्कर्षमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जितेन्द्रनारायण देवले अब हुने चुनावमा माओवादी केन्द्रसँग तालमेल गर्ने निष्कर्षमा पार्टी पुगेको खुलासा गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै लोकतान्त्रिक फोरमका प्रभावशाली नेता समेत रहेका देवले भने,’प्रदेश नम्बर दुई र संघीय चुनावमा पनि हामीले तामलेका लागि पहिलो प्राथमिकता मधेश केन्द्रित दललाई दिनेछौं भएन भने माओवादी केन्द्रसँग तालमेल गरी अत्याधिक स्थानमा जित हासिल गर्नेछौं ।’

आफूहरुले सुनिश्चित रुपमा जित्न सक्ने स्थानमा कसैसँग तालमेल नगर्ने र अन्य स्थानमा माओवादी केन्द्रसँग तालमेल गर्ने उनले बताए । यसबारे माओवादी अध्यक्ष प्रचण्डसँग छलफल भइरहेको उनको भनाइ छ ।

राष्ट्रिय जनता पार्टीको मागलाई सम्बोधन गरेर जान सरकार तयार भएको समेत मन्त्री देवले बताएका छन् । संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश गर्न आफूहरु तयार भएको उनले बताए ।

राजपाले प्रस्तावबारे संसदबाट जे सुकै निर्णय आएपनि स्वीकारेर चुनावमा जाने प्रतिवद्धता जनायो भने सरकार संसदमा प्रस्ताव पेश गर्ने टुंगोमा पुगिसकेको मन्त्री देवले प्रस्ट पारेका छन् ।

घाइतेको निःशुल्क उपचार, शहीद घोषणा र मधेश आन्दोलनमा सहभागीलाई लगाइएको मुद्दा फिर्ता गर्ने सरकार तयार रहेको र आगामी क्याबिनेटमा यसबारे निर्णय हुने मन्त्री देवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web