चीन र भारतबीच भुटान–चीन सीमावर्ती क्षेत्र दोक्लाममा बढ्दो तनावप्रति नेपाल सचेत-परराष्ट्रमन्त्री महरा

साउन २३, २०७४ मा प्रकाशित | 987 views

<p>काठमाडौं । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीन र भारतबीच भुटान–चीन सीमावर्ती क्षेत्र दोक्लाममा बढ्दो तनावप्रति नेपाल सचेत रहेको बताएका छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा कार्ययोजना सार्वजनिक गर्दै उनले चीन–भारत विवादमा नेपालले कसैको पक्ष नलिने स्पस्ट पारे ।

</p><p>दुई छिमेकीबीच झन्डै दुई महिनादेखि जारी तनावमा नेपालले पहिलोपटक मुख खोलेको हो ।

नेपाल सबैसँग मित्रता राख्ने पक्षमा रहेको भन्दै मन्त्री महराले दोक्लाम विवादको शान्तिपूर्ण समाधान होस् भन्ने पक्षमा रहेको बताए ।
</p><p>
सो अवसरमा उनले परराष्ट्र नीति देशको सर्वोपरि हित, स्वाधीन, अन्तर्राष्ट्रिय सम्मान र राष्ट्रिय समृद्धिका लागि हुनुपर्ने पनि बताए ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web