<h4 style="text-align: justify; font-family: "Open Sans", sans-serif; color: rgb(51, 51, 51);">डडेल्धुरा । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति नेपाली काँग्रेसको प्यानल निर्विरोध चयन भएको छ । 
<div style="color: rgb(51, 51, 51); font-family: "Open Sans", sans-serif; font-size: 14px; text-align: justify;">नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेका गणेश भट्टको प्यानल पूरै निर्विरोध भएका जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । उपप्रमुखमा परशुराम नगरपालिकाबाट रत्ना कामी उपसंयोजकमा मनोनीत भएका छन् । अन्य दलहरुले उम्मेदवारी नदिएपछि नेकाको पूरै प्यानल विजयी भएको हो । 
पहिलो जिल्ला सभामा भएको सहमतिअनुसार प्रमुखमा भट्ट र उप्रमुखमा कामी गरी महिला सदस्य तीन, दलित वा अल्पसङ्ख्यक सदस्य एक, खुला सदस्य तीनजना गरी नौ सदस्यीय समिति सर्वसम्मत भएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जानकारी दिएका छन् । 
सर्वसम्मत मनोनीत भएका संयोजकलगायत सवैलाई २६ गते प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ । २२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रमअनुसार आज अन्य दलले मनोनयन दर्ता नगर्दा नेकाको पूरै प्यानल सर्वसम्मत भएको घोषणा गरिएको हो ।
16.09¡ÆC