ग्रहणमा गर्न हुने र नहुने कुराहरु..

साउन २३, २०७४ मा प्रकाशित | 4363 views

सनातन संस्कारमा र खगोलशास्त्रमा ग्रहणलाई बिशेष महत्व दिइएको छ । स्वास्थ अवस्थाको हिसाबले गर्भवती महीला, बृद्धबृद्धा, नवजात शिशुहरु अनि केटाकेटीकालागि ग्रहणको समय अत्यन्त महत्वपूर्ण र संबेदनशील मानिन्छ ।

सनातन संस्कारमा ग्रहणको संभाब्य नकारात्मक प्रभाबबाट बच्न बिभिन्न पूजाअर्चना गर्ने चलन पनि धेरै पहिलेदेखि छ ।

सानो पौराणीक कथनबाट अघि बढ्न चाहयौ, समुन्द्र मन्थनका समयमा मोहीनीको रुप धारण गरेर बिष्णुदेवले असुरहरुलाई अमृत सेवनगर्नबाट झुक्याउनुभएको थियो तर यो कुरा चालपाएर असुरहरुमध्यका राहु र केतुले देवहरुको पक्षमा उभिएर छलपूर्वक अमृत सेवन गरेका भन्ने कथन छ । यो कुरा चालपाएर सूर्य र चन्द्रले बिष्णुदेवलाई सुनाँउदा सम्म राहु र केतुले केही अमृत सेवन गरिसकेका थिए ।

अमृतको प्रभावले राहु र केतुलाई बिष्णुको सुर्दशन चक्रले मृत्यूवरण गराउन सकेन र अझै पनि उनिहरु उत्तरी र दक्षिणी गोलार्धमा ताराका रुपमा रहिरहेको बताइन्छ ।

यसै कारणले पनि ग्रहण अर्थात सूर्य, चन्द्र र पृथ्वी एकैलहरमा रहेका समयमा राहु र केतुको पनि प्रत्यक्ष प्रभाव रहने भएकाले सुदर्शन चक्रधारी बिष्णुको स्तोत्र अनि समुन्द्र मन्थनपछिको हलाहल बिष सेवन गर्ने भगवान शिवको स्तोत्र गर्नुपर्ने जनाइएको छ ।

ग्रहण लाग्न अगाडीको ९ घन्टाअघि नै ब्रत बस्न शुरु गर्ने चलन पनि छ ।

ग्रहणको समयमा कमजोर स्वास्थ अवस्था भएका मान्छेहरुलाई र गर्भवतीहरुलाई कुशको घाँस लिएर बस्न लगाइन्छ । कुशको घाँसले बिकिरणहरुलाई प्रतिबिम्बीत गरेर पर भगाउने कुरा बिज्ञानले पनि पुष्टी गरिसकेको छ । यसरी कुशको घाँस साथमा राख्नाले ग्रहणको समयका बिकिरणहरु आउन नपाउने बिज्ञान प्रष्ट छ ।

ग्रहणको समयमा केही पनि पकाएर नखान समेत भनिन्छ र ग्रहणका बेलामा कुनैपनि कार्यहरु नगर्न र घरभित्र आरामले बस्न भनिन्छ ।

यसो गर्नाले ग्रहणका समयमा बिकिरणहरु, नराम्रा वायू या उर्जाहरुवाट बच्न समेत मद्धत गर्ने बताइएको छ ।

ग्रहणका समयमा धारिलो हातहतीयार पर राख्ने र घरभित्र गर्न मिल्ने भएतापनि सीलाई बुनाईका कार्यहरु आदि नगर्न सल्लाह दिइन्छ ।

गर्भवतीहरुले ग्रहण लागेका सूर्य या चन्द्रलाई हेरेमा अपागंता भएका बच्चा जन्मने बिश्वास र बैज्ञानिक संभावना पनि नकार्न सकिदैन ।

सन्तान गोपाल मन्त्रको जाप गर्भवती महिलाले गरेमा नकारात्मक उर्जाहरु बाट ग्रहणको समयमा बच्ने बताइएको छ ।

सन्तान गोपाल मन्त्र

देवकीसुत गोविन्द वासुदेव जगत्पते

देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः ।।

शास्त्रहरुका कुरा एकातिर छन भने अर्कोतर्फ सुरक्षाका व्यबहारीक कुराहरु पनि चर्चा गर्न चाहयौं । सूर्य ग्रहणलाई नहेर्नु भनिन्छ तथापि चन्द्र ग्रहणलाई भनें हेर्दा सूर्य जस्तो आँखाको क्षमता या दृष्टिमा कमी नआउने बताइन्छ । तथापि ग्रहणलाई नागाें आँखाले नहेरेर केही भाँडामा पानी हालेर त्यसको प्रतिबिम्बमा हेर्न सुझाव दिइन्छ ।

ग्रहण आँफैमा नकारात्मक कुरा भनें हैन तर यसको प्रभाववाट आफूलाई सुरक्षित भने राख्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web