ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, ३ घाइते

साउन २३, २०७४ मा प्रकाशित | 972 views

<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">धादिङ। ट्रिपरले सोमबार बिहान पृथ्वीराजमार्ग अन्तरगत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।&nbsp;</p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१०५ नम्बरको ट्रिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । &nbsp;</p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">दुर्घटनामा धुनीबेसी नगरपालिका वडा नम्बर ९ का १८ वर्षका अजय तामाङको ज्यान गएको छ । ठक्कर दिएपछि चालक ट्रिपरसहित घटनास्थलबाट भागेका थिए । पछि प्रहरीले चालकलाई पक्रेको छ । घाइते तीन जनालाई उपचारका लागि काठमाडौं वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web