राप्रपा फुट्यो, पशुपति शमशेरको नेतृत्वमा नयाँ दल दर्ता

साउन २२, २०७४ मा प्रकाशित | 367 views

<div style="text-align: justify;">काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित भएको छ ।

राप्रपाका बरिष्ठ नेता पशुपति शमशेर राणाले नयाँ पार्टी दर्ता गराएका छन् । राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएको छ ।

पछिल्लो समय संविधान संशोधनका विषयमा अध्यक्ष कमल थापासंग फरक मत राख्दै आएका राणाले अन्तत पार्टी नै विभाजित गरेका हुन् । अध्यक्ष थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप राणाले लगाउँदै आएका थिए । नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे रहेका छन् ।</div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web