चितवन ।

माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थगित भएर पुन निर्वाचनपछि थालिएको मतगणनामा वडा नम्वर १९ को मतगणना सकिंदा मेयरका उम्मेद्धार देवी ज्ञवाली २ सय २१ मतले अगाडी देखिएका छन् ।

मत परिणमा अनुसार एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले कुल ४१ हजार ९४६ मत पाएका छन् । यस्तै उनलाई पछ्याइरहेकी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहालले ४१ हजार ७२५ मत पाएकी छिन् ।

ताजा मतपरिणाम अनुसार २ सय २१ भोटको अन्तर देखिएको छ । यसअघि जिल्ला निर्वाचन कार्यालयले २ हजार ८ सय ७० मत खसेको बताए पनि गणनामा २ हजार ८ सय ६४ मत मात्र भेटिएको छ ।

२० नम्बर वडामा गत वैशाख ३१ गते भएको चुनावमा ३ हजार ३०३ मत खसेको थियो । अहिले सोही मत गन्न थालिएको छ ।

१९ वडामा नेपाली कांग्रेसले प्यानलै जितेको छ । वडाध्यक्षमा कांग्रेसका कर्णबहादुर गुरुङले १ हजार ४७८ मत ल्याएर निकटम प्रतिद्वन्द्वी एमालेका प्रकाश तामाङलाई पराजित गरे। प्रकाशले १ हजार ९७ मत ल्याएका छन् ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ४५ हजार ६२३, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार ६०४ र राप्रपाकी रिना गुरुङले ७ हजार ६ मत प्राप्त गरेका छन् ।

18.12¡ÆC