काठमाडौं ।

रुपन्देहीको भैरहवा–परासी सडकखण्डको रोहिणी नदी किनारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न किनेको जग्गा डुबानमा परेको छ ।

बिहीबारदेखि लगातार परेको पानीले रोहिणी नदी उर्लिंदा निगमले किनेको बगर जग्गा डुबाएको हो ।

निगमले गत असारमा रुपन्देहीको साबिकका धकधई, पट्खौली र वसन्तपुर गाविसमा करिब १४ बिघा ७ कट्ठा जग्गा खरिद गरेको थियो । त्यसमध्ये १४ कठ्ठा नदीकै बगरमा पर्छ । जहाँ पहिला रोहिणी नदी बग्दथ्यो ।

नदीले पश्चिमतर्फ कटान गरेपछि पूर्वतर्फ बगर बनेको थियो । अहिले नदीबाट उर्लिएको भेल निगमको जग्गा हुँदै बगेको छ ।

भू–माफियासँग चलनचल्तीको मूल्यभन्दा दोब्बर बढीमा निगमले जग्गा खरिद गरेको थियो । ओमसतिया गाउँपालिका–४ र ५ मा पर्ने रोहणी नदी किनारमा चल्तीको न्यूनतम मूल्य प्रतिकठ्ठा साढे १ लाखदेखि ३ लाख पर्छ । तर, निगमले १० लाख ९३ हजारका दरले खरिद गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

17.16¡ÆC