पाटन नगरपालीकाका उप–प्रमुखको गैर जिम्मेवारीपन प्रति बजेट तथा योजना तर्जुमा समितिको घोर आपती

साउन २०, २०७४ मा प्रकाशित | 2228 views

पाटन नगरपालीकाका उप–प्रमुखको गैर जिम्मेवारीपन प्रति बजेट तथा योजना तर्जुमा समितिको घोर आपती

ललित बोहरा , डडेल्धुरा ।  पाटन नगरपालिका बैतडीको प्रथम चरणमा सम्पन्न गर्ने बजेट तथा योजना तर्जुमा समितिको बैठक तिन पटक स्थगित भएपछि बजेट तथा योजना तर्जुमा समिति घोर आपतीले जनाएको छ ।

बजेट तथा योजना तर्जुमा समितिको बैठक बसी निधारण गरेको कार्यतालिका अनुसार श्रावण महिनाको १० गते सम्म वडा भेला गरि वडा समितिले क्षेत्रगत रुपमा योजना प्राथमिकिकरण  गर्ने, सोही महिनाको ११ र १२ गते बजेट तथा योजना तर्जुमा समितिको वैठक बसी योजना तर्जुमा गर्ने, १४ गते देखी कार्यपालिकाको बैठक बसी उक्त बजेट तथा योजना पारित गरि तत्काल सभा बोलाउने निर्णय भएको थियो उक्त निर्णय नग प्रमुख र उप–प्रमुखका कारण हुन नसकेको बजेट तथा योजना तर्जुमा समितिले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

बजेट निर्माणका लागि विभिन्न समितिहरु गठन गरी बजेट सम्बन्धि कार्यतालिका समेत निर्धारण गरिएको थियो ।

आज बजेट तथा योजना तर्जुमा समितिले गरेको योजना छनौट कार्यपालिकामा पेश हुनेगरि २४ गते नगर सभा समेत बोलाएकोमा हिजो मिति बोलाईएको बजेट तथा योजना तर्जुमा समितिको बैठक विनाकारण स्थगित गरी नेपाली कांग्रेसको क्रियाशिल, भव्य र सभ्य मान्छेको निधन भएको निहुगरी समितिका संयोजक तथा नगर उपप्रमुख सरस्वती कोलीले बिना कारण आफ्नो पदिय जिम्मेवारी र अस्तीत्व बिर्सेर पाटन नगरपालिका लाई पार्टी संचालन गरे जस्तो गरी चलाउन खोजी बैठक स्थगीत गरेको कुरा प्रति बजेट तथा योजना तर्जुमा समिति घोर आपती सहित खेद प्रकट गर्दैछौँ जारी गरिएको विज्ञाप्ती उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web