अब ७७ जिल्ला हुन्छन् – कानून मन्त्री थापा

साउन २०, २०७४ मा प्रकाशित | 1085 views

पोखरा । कानूनमन्त्री यज्ञबहादुर थापाले नेपालमा अब ७७ जिल्ला हुने बताएका छन् । पोखरामा शुक्रबार आयोजित ‘बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा मन्त्री थापाले ७५ जिल्लाबाट २ जिल्ला थपेर ७७ जिल्ला बन्ने पक्का भएको बताए ।

उनले भने, ‘हिजो मन्त्रालयबाट प्रस्ताव आएको थियो, मैले ७७ जिल्ला बनाउने प्रस्तावमा हस्ताक्षर गरेँ, अब नेपालमा ७७ जिल्ला हुन्छ ।’

यो निर्णय सरकारमा रहेका र प्रतिपक्षी पार्टीहरुसँग पनि सहमति गरेरै भएको उनले दाबी गरे । तर, उनले कुन/कुन ठाउँ मिलाएर २ जिल्ला बनाउने भन्ने बारेमा भने केहीपनि खुलाएनन् ।

नवलपरासीको नवलपुर क्षेत्र प्रदेश नम्बर ५ र अन्य क्षेत्र प्रदेश नम्बर ४ मा परेको तथा रुकुमको पूर्वी र पश्चिमी क्षेत्र फरक/फरक प्रदेशमा परेपछि त्यहाँका स्थानियबासीले छुट्टै जिल्ला घोषणा गर्न माग गरेका थिए । उनीहरुले छुट्टै जिल्ला घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

कानुनमन्त्री थापाले कानूनको अभावमा निर्वाचन नरोकिने बताए । अब धमाधम कानून निर्माण हुने बताउँदै उनले यसको अभावले चुनावमा असर पर्न नदिनेगरी तिव्र रुपमा काम अघि बढाउने उनले बताए । उनले माघ ७ भित्रै प्रदेश र प्रतिनीधि सभाको चुना सम्पन्न हुनेपनि ठोकुवा गरे ।

कार्यक्रममा बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार गंगाधर पराजुलीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web