नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ ।

स–साना पहिरोले दाउन्नेका सडक अवरुद्ध भइरहेका बेला तीन दिनदेखिको लगातारको वर्षाले दाउन्नेको एस मोडमा ठूलो पहिरो गएको हो ।

पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बर्दघाट प्रहरीले जनाएको छ । पहिरो हटाई यातायात सुचारु गराउनका लागि रातिदेखि नै सडक डिभिजन कार्यालयको डोजरले काम गरे पनि पानी परिरहेको र पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तरगत दाउन्नेमा रहेको प्रहरी बिटदेखि करिब ५० मिटर पश्चिमको भागमा वर्षाको कारण पहिरो खस्दा यातायात अबरुद्ध भएको हो ।
बिहीबार राति साढे १२ बजेतिर पहिरो खसेपछि सवारी साधन तथा यात्रुहरु ८ घन्टादेखि अलपत्र छन् ।

प्रहरीले अबको केही समयपछि काम शुरु हुने र २–३ घन्टामै बाटो खुल्ने जनाएको छ

25.12¡ÆC