<h4 style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को स्थानीय तह निर्वाचनको पुनः मतदान शुरु भएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; text-align: justify;">कडा सुरक्षा व्यवस्थासहित बिहान ७ बजेबाट मतदान शुरु भएको हो । वडाका ६ वटा केन्द्रमा ३६ जना कर्मचारीसहित ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ सय ६१, सशस्त्रका ३ सय र तेस्रो घेरामा नेपाली सेनाका एक सयभन्दा बढी खटिएका छन् । प्रत्येक केन्द्रमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; text-align: justify;">निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित बनाउन सबै बुथलाई संवेदनशील घोषणा गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वडामा हिजै साँझदेखि अघोषित रुपमा सवारी साधन आवतजावत बन्द गरिएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; text-align: justify;">वर्षाले मतदान नबिथोलियास् भनेर प्रत्येक केन्द्रमा पालको व्यवस्था गरिएको छ । यो वडामा ४ हजार ७ सय ९७ मतदाता छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; text-align: justify;">गत वैशाख ३१ गतेको चुनावमा यो वडाबाट २ हजार ८ सय ९७ मत खसेको थियो । मतगणनाका क्रममा जेठ १४ गते नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्याति दिएपछि अन्योल छाएको थियो । त्यसपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय लिएको थियो । तर, पुनः मतगणनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले पनि आयोगकै निर्णयअनुसार फैसला गरेपछि पुनः मतदान गर्न लागिएको हो ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; text-align: justify;">भरतपुरमा नेकपा एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् । गणनाका क्रममा एमालेका ज्ञवालीले अग्रता लिएका छन् भने निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दाहाल छिन् । मतदान भइसकेका अन्य सबै वडाको गणना भइसके पनि २० नम्बरको भने बाँकी छ ।
16.49¡ÆC