रंङ्गुन नदिले बगाएकाहरुलाई उद्धार गर्न पूर्व अभ्यास

साउन १९, २०७४ मा प्रकाशित | 1540 views

डडेल्धुरा ।

डडेल्धुराको प्राकृतिक विपद्को दृष्टिले अति संवेदनशिल तथा संकटासन्न क्षेत्र मानिने जोगबुढाको परशुराम नगरपालिका अन्तरगत पर्ने रंगुनखोलामा सामुदायिक विपद पूर्वतयारी तथा नमुना पूर्व अभ्यास गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति, शसस्त्र प्रहरी बल तथा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) अन्तरगत पहल परियोजनाको संयुक्त सहकार्यका बुधवार उक्त अभ्यास गरिएको हो ।

समुदायमा जनचेतना जगाउने तथा विपद्का बेला कसरी जागीने भन्ने उदेश्यले सो अभ्यास गरिएको रुडुक पहल कार्यक्रमका विपद् व्यवस्थापन अधिकृत अमर साउँदले बताएका छन् ।

विपत व्यस्थापन इकाइ अन्तर्गत समुदायमा रहेका कार्यदल तथा खोज उद्वार कार्यदल हरुलाई मानविय क्षती न्युनिकरण गर्न आफुहरुले उद्वार सामग्री सहित संवेदनशिल रंगुनखोलामा उक्त अभ्यास संचालन गरेको रुडुक पहल कार्यक्रमका विपद् व्यवस्थापन अधिकृत साउँदले बताएले बताएका छन् ।

रंगुनखोलामा पुल निमार्णाधीन अवस्थामा रहेकाले अझै दुई वर्ष लाग्ने भएकामो आफुहरु जोखीम मोलेर भए पनि वर्षातको मौसममा खोला तर्न बाध्य भएको स्थानीय हरीदत्त जैशीले बताएका छन् । ‘खोला तर्दा हामी पचाँस रुपैया तिरेर ट्युबमा खोला तर्ने गर्थे तर योे अभ्यासले म अब सजिलै खोला बढेको बेला तर्न तथा डुबेको मान्छेलाई बचाउन सक्छु ।’ उन भने ।

प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील रंगुनखोलामा वर्षेनी ७र८ जनाको बाढीकै कारण  मृत्यु हुने गर्छ ।

जोगबुढाका समुदायका स्थानीय व्यक्तीलाई समावेश गरेर अभ्यास गर्दा विपद पुर्वतयारी तथा उक्त नमुना पुर्व अभ्यास गुणस्तरीय भएको र यसले स्थानीहरुलाई टेवा पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web