एनआरएनए थाईल्याण्डको नागरिक छात्रवृत्ति परियोजना शिक्षाबाट वञ्चित गोरखा र दोलखाका विद्यार्थीलाई

साउन १९, २०७४ मा प्रकाशित | 1128 views

बैंकक ।

गत जुन १४, २०१७ मा काठमाडौंमा घोषणा भएअनुसार, गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र सिभिल इनिसियटिभबीच नागरिक छात्रवृत्ति कोष (सिलिभ स्कलरसिप फण्ड) स्थापनाको लागि सम्झौता भएको छ ।

अवसरबाट विभुख समुदायका विद्यार्थीहरुको सहयोगको लागि स्थापना गरिएको यस कोषको मुख्य उद्देश्य विद्यार्थीहरुको भर्ना दरमा वृद्धि गर्नु, विद्यालयमा उनीहरुको उपस्थिति बढाउनु, स्कुल छोडने दर कम गर्नु र अध्ययनको स्तर बढाउनु रहेको छ ।

यो छात्रवृत्ति कक्षा आठदेखि १२ सम्म अध्ययन गर्नेहरुलाई समावेशीताको सिद्धान्तअनुसार प्रदान गरिने छ । छात्रवृत्ति कोषको निरन्तरताका लागि बैंकबाट प्राप्त ब्याजबाट विद्यार्थीहरुलाई सहयोग प्रदान गरिनेछ ।

यस कोषमा एनआरएनए थाइलयाण्डले यसअघि नै ३६ लाख रुपियाँभन्दा बढि सहयोग गरिसकेको छ । यो रकम मेगा बैंकमा मुद्दती खाता खोजी सम्मा गरिएको छ । कोषको परिचालनका लागि नागरिक छात्रवृत्ति कोष निर्देशिका, २०१७ तयार गरिएको छ ।

पहिलो बर्ष पाइलोट प्रोजेक्ट को हिसाबमा  भूकम्प प्रभावित दोलखा र गोरखा जिल्लाका २०–२० जना गरी ४० जना विद्यार्थीलाई यो छात्रवृत्ति वितरण गरिनेछ । त्यसपछि प्रत्येक वर्ष १०० जना बिद्यार्थी लाइ छात्रवृति वितरण गर्ने लक्ष्य रहेको एनआरएनए थाईल्याण्ड का अध्यक्ष एबम नागरिक छात्रवृति का प्रबर्द्धक ढकाल ले जनाएका छन् । यसको सञ्चालनका लागि तपशील बमोजिमको छात्रवृत्ति कार्यान्वयन समिति गठन गरिएको छ ।

१) संयोजकः हेमन्तराज ढकाल (शिक्षाविद)

२) सदस्यः खगेन्द्र ढाकाल (छात्रवृत्ति प्रवद्र्धक)

३) सदस्यः मोतीकला सुब्बा देवान (अधिवक्ता)

४) सदस्यः प्रल्हाद कार्की (शिक्षाविद)

५) सदस्यः रमेश खड्का (मिडिया प्रतिनिधि )

६) सदस्यः शिक्षा मन्त्रालयको प्रतिनिधि

७) सदस्यः एनआरएनए थाइल्याण्ड

एन आर एन ए थाईल्याण्डले सुरु गरेको यो छात्रब्रिती  परियोजना प्रति एक्यबद्दता जनाउदै मेगा बैंक ले हरेक वर्ष ३ लाख का दरले ५ बर्ससमा टोटल १५ लाख सहयोग गर्ने सम्झौता पत्र मा  हस्ताक्षर गरिसकेको छात्रवृति बोर्ड का संयोजक हेमन्त राज दाहाल ले जनाएका छन् ।

छात्रवृत्ति कोषको दीर्घकालिन सञ्चालनका लागि इच्छुक व्यक्ति तथा संस्थाहरुमार्फत कोषको रकम बढाउन सिभिल इनिसियटिभ र एनआरएनए थाइल्याण्डले निरन्तर र संयुक्तरुपमा पहल गरिनेछ । कोषको पारदर्शी खर्चका लागि यसको कारोबारको विवरण संस्थाको प्रकाशन र वेभसाइटमार्फत नियमितरुपमा सर्वाजनिक गरिने छ । सिभिल इनिसियटिभ नामक संस्थाको नाममा मेगा बैंकमा रहेको यस छात्रवृत्ति कोषको खाता नम्बर ००१००६०३७२३४३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web