काठमाडौं । माओवादीको मूल नेतृत्वसहित अधिकांश जनवर्गीय संगठनमा लामो समयदेखि एकै व्यक्तिले नेतृत्व लिइरहेका छन् । कतिपयले पार्टी नेतृत्वको दबाब र कतिपयले आफ्नै ‘चाहना’का कारण पद नछाडेका हुन् ।

अखिल नेपाल किासन संघ (क्रान्तिकारी), नेपाल दलित मुक्ति मोर्चा र प्रेस सेन्टरको नेतृत्व लामो समयदेखि एकै व्यक्तिको हातमा छ । अन्य संगठनमा पनि लामो समय पदाधिकारीमै रहेका व्यक्तिले नेतृत्व लिइरहेका छन् ।

लामो समय एकै व्यक्तिले नेतृत्वमा हालीमुहाली जमाउँदा नयाँ पुस्ता राजनीतिबाट क्रमशः टाढिन थालेको छ । माओवादी केन्द्रसँग अहिले विद्यार्थी, मजदुर, महिलालगायत २५ भन्दा बढी जनवर्गीय संगठन तथा वाईसीएललगायत आठ सहायक संगठन र नेवाः, तामाङ, किरातजस्ता ३४ जातीय–क्षेत्रीय मोर्चा छन् ।

कसले कति सम्हाले ?

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियार र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले संगठनको नेतृत्व सम्हालेको झन्डै दुई दशक पुगेका छ ।

श्रेष्ठले किसान महासंघको नेतृत्व ०५३ सालदेखि गर्दै आएका हुन् । बीचमा केही समय शिवराज गौतमलाई नेतृत्व दिए पनि फेरि उनै दोहोरिइरहेका छन् । ‘लामै भयो, मेरो नेतृत्व किसान महासंघमा,’ श्रेष्ठले भने, ‘संगठनभित्र नेतृत्वको विकास हुन सकेको देखिएन, नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया पनि पूरा भइसकेको छैन ।’

०५६ सालमा दलित मोर्चा गठन भएदेखि नै परियारले नेतृत्व गरिरहेका छन् । केही समय जेल बस्दा सन्तोषी विकलाई कार्यवाहक दिए पनि त्यसबाहेक नेतृत्वमा परियार नै छन् ।

प्रेस सेन्टरको स्थापनाकालदेखि नै दाहाल अध्यक्ष छन् । उनले पद छाड्न चाहे पनि पार्टी नेतृत्वले नै दोहो¥याएको हो । नेतृत्व लिनेबीच विवाद देखिएपछि सर्वसहमति बनाउन नसक्दा दाहाल दोहोरिएका हुन्र ।

अन्य संगठनमा मूल नेतृत्व हस्तान्तरण भए पनि एकै ब्याचको नेताको हालिमुहाली छ । महिला, प्राध्यापक, सांस्कृतिक मोर्चामा नेतृत्व हस्तान्तरण भए पनि नेतृत्व लिनेहरु एकै पेरिफेरीका छन् । अखिल नेपला महिला संघ (क्रान्तिकारी) मा लामै समय जयपुरी घर्तीले अध्यक्षको जिम्मेवारी सम्हालिन् । उनीपछि उनकै कार्यकालकी महासचवि अमृता थापामगर नेतृत्वमा छिन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघमा पनि शालिकराम जमकट्टेलले लामो समयदेखि नेतृत्व लिइरहेका छन् । केही समययता भने उनले गणेश रेग्मीलाई कार्यवाहक दिएका छन् ।

किन यस्तो हुन्छ ?

पार्टी, जनवर्गीय संगठन र मोर्चाको नेतृत्व पार्टीभित्रको आन्तरिक सत्ता हो । यसअर्थमा पनि त्यसको नेतृत्वमा पुग्नेहरुले सजिलै नेतृत्व छाडिहाल्दैनन् । स्वविवेक र दबाबमा मात्रै नेतृत्व परिवर्तन हुने प्राध्यापक तथा राजनीतिक विश्लेषक लोकराज बराल बताउँछन् ।

25.12¡ÆC