नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बस बगायो, जिप पुरियो

साउन १९, २०७४ मा प्रकाशित | 537 views

चितवन, साउन १९ । नारायणगढ-मुग्लिन सडकखण्डको कालीखोला नजिकै बुधबार साँझ अबेर खसेको पहिरोले बगाएर एक यात्रुबाहक बस बेपत्ता भएको छ भने एटा जिप पुरिएको छ ।

मानवीय क्षति भने हुन पाएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौंबाट इलाम जान आउँदै गरेको ना ६ ख ७१२१ नम्बरको बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो भने बा १५ च ९३८१ नम्बरको

चितवन । स्करपियो जिपको अघिल्लो भाग पहिरोले पुरेको हो ।  माथिबाट ढुंगा खस्न थालेपछि चालकले बस रोकेर सबै यात्रु झारेलगत्तै ठूलो पहिरोले बसलाई त्रिशूलीमा झारेको हो । बसको पछिपछि रहेको स्करपियो रोकेर चालक भागेर बचेको प्रहरी उपरीक्षक थापाले बताए ।

मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिका–६ कालीखोला नजिकै साँझ ७ः३५ बजे पहिरो खसेको हो ।

पहिरो पन्छाउन साँझ मुग्लिनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी जाने क्रममा दुई किलोमिटरमा पुनः पहिरो खसेपछि रातमा पहिरो पन्छाउन नसकिएको थापाले बताए ।

दुवै ठाउँको पहिरो पन्छाउने काम र बेपत्ता बसको खोजीकार्य बिहीबार बिहानैदेखि शुरु भएको उनले बताए । पहिरो खसेका दुवै ठाउँमा लेदो बगिरहेकाले काममा कठिन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web