<p>काठमाडौं। स्थानीय तह तेस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख दल प्रदेश २ मा केन्द्रित भएका छन्। चुनावी अभियानमा पार्टीका शीर्ष नेता नै सहभागी भइरहेका छन्। प्रचारप्रसार तीव्र पारिएको छ। क्षेत्रीय र प्रदेशस्तरीय सभा चलिरहेका छन्। मुख्य दल चुनावी गतिविधिमा केन्द्रित भइरहँदा 'मधेसवादी'भनेर चिनिएका दलहरुको ध्यान भने राजधानीकेन्द्रित देखिएको छ। राष्ट्रिय जनता पार्टी, नेपाल ९राजपा० को बुधबार सुरु भएको पदाधिकारी बैठकपछि सुरु हुने केन्द्रीय समिति बैठकमा भाग लिन र पार्टी केन्द्रीय कार्यालय उद्घाटनमा सहभागी हुन तराई मधेसका अधिकांश नेता काठमाडौं आएका छन्। प्रदेश नम्बर २ अन्तर्गतका तराई(मधेसका जिल्लामा असोज २ मा स्थानीय तह निर्वाचन हुँदैछ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायत दलका नेताको आउजाउ बाक्लिएको छ। आजको कान्तिपुर दैनिकमा समाचार छ । <br></p><div><br></div>
27.12¡ÆC