<h3 class="lead" style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">भक्तपुर । नेकपा एमालेले पार्टीबाट चितवनको भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">एमाले स्थायी कमिटीको बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले दुई महिनाअघि सामाजिक सन्जालमा आएको विषयलाई लिएर निर्वाचनको मुखमा मेयर उम्मेदवारका छोरालाई पक्राउ गर्नु चुनाव प्रभावित गर्ने खेल भएको भन्दै तत्काल रिहाइको माग गरेको हो ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">निरव ज्ञवालीलाई पक्राउ गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमाले सचिव शंकर पोखरेलले जानकारी दिए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">बैठकले जिल्ला समन्वय समिति कैलाली, कन्चनपुर र डोटीको प्रमुख र उपप्रमुखको टुंगोसमेत लगाएको छ ।
प्रतिक्रिया