प्रधानमन्त्री देउवाले गरे मुग्लिननारायणगढ सडकको अनुगमन , काममा ढिलासुस्ती गरे कारवाही गर्ने

साउन १८, २०७४ मा प्रकाशित | 751 views

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको ‘लाईफ लाइन’ सडकका रुपमा रहेको नारायणगढ-मुग्लिन सडकखण्ड निर्माणका स्थलगत अनुगमन गरेका छन् । साथले काम छिटो सम्पन्न गर्न सरोकारवाल निकायलाई निर्देशन पनि दिएका छन् ।

बुधबार भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बदायर लगायतको टोलीलाई लिएर सडक अनुगमन गरेका प्रधानमन्त्रीले हेलचक्राई गर्ने ठेकेदार र कर्मचारीलाई कारवाही गर्ने बताए । ‘यो सडक मुलुकको लाईफ लाइन हो’ प्रधानमन्त्रीले भनेका छन्, ‘तपाईहरुले यो सडकका कुनै खालको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिदैन । कामको गतिलाई तिव्रता दिएर जतिसक्दो छिटो यो सडक निर्माण पुरा गर्नुहोस् ।’

सडक निर्माणका क्रममा सरकारी पक्षबाट कुनै समस्या वा अल्झन देखिए त्यसलाई आफु तत्काल समाधान गर्न तयार रहेको प्रधानमन्त्री देउवाले बताएका छन् । ‘सडक चाडो निर्माण गर्न सरकारी कुनै निकायबाट कुनै खालको ढिलासुस्ती भएको छ भने सिधै मलाई भन्नुहोस्, उनले भने ‘म तुरुन्त त्यो समस्या समाधान गर्छु ।’

निर्माणका क्रममा मुख्य दातृ निकाय विश्व बैकसँग कुनै समस्या भए पनि छलफल गरेर समाधान गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web