झापा । झापामा स्वाइनफ्लू रोगको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड-४ निवासी ४७ वर्षीया अनितादेवी मित्तल र बिर्तामोड-१ निवासी ३७ वर्षीया मनिषा अग्रवाल रहेका छन् ।

उनीहरुको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुमा स्वाइन फ्लू रोगको सङ्क्रमण भेटिएको अस्पतालले पुष्टि गरेको छ ।

श्वासप्रश्वासमा समस्या र खोकी लागेपछि अनितालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदिता नर्सिङ होममा भर्ना गरिएको थियो ।

साता दिन बित्दा पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई एयर एम्बूलेन्समार्फत एपोलो हस्पिटल पुर्याइएको थियो ।

अस्पताल पुर्याए लगत्तै अनितालाई चिकित्सकले स्वाइनफ्लू भएको आशङ्का गरेका थिए । हस्पिटलमा उपचार सुरु भएको ७२ घण्टा वित्न नपाउँदै हस्पिटलका डा. एमएस कनवर तथा डा. अन्सारीसहितको १८ जनाको टिमले स्वाइन फ्लूका कारण अनिताको मृत्यु भएको घोषणा गरे ।

मृतक अनिताका श्रीमान् राजुका अनुसार १५ गते राति आˆनै श्रीमतीको जस्तै स्वास्थ्यमा समस्या देखिएर अस्पताल पुर्याइएकी मनिषाको पनि उपचारकै क्रममा मृत्यु भएको छ ।

21.12¡ÆC