भारतीय राजदूत पुरी ओलीलाई निम्तो दिन बालकोट पुगे

साउन १८, २०७४ मा प्रकाशित | 735 views

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ ।

भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूताबासमा हुने समारोहको विशेष अतिथिको निम्तो दिन राजदूत पुरी बुधबार अपरान्ह ओली निवास पुगेका थिए । उक्त समारोहमा विदेशमन्त्री स्वराज पनि आउने र उनले ओलीको उपस्थिति भइदिए हुन्थ्यो भन्ने शन्देश पठाएको पुरीले बताए ।

मृगौला प्रत्यारोपणपछि स्वराजको पहिलो सार्वजनिक कार्यक्रम काठमाडौंमा आयोजना हुन लागेको पुरीले बताए । उनले ओलीको उपस्थितिका लागि जोड गरेको स्रोतले जनाएको छ ।

नाकाबन्दीपछि ओली काठमाडौंस्थित भारतीय दूतावासको कार्यक्रमहरुमा सहभागी हुन छाडेका छन् ।

भेटमा दुई देशको सम्वन्धबारे पनि कुराकानी भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले केही प्रायोजित व्यक्तिहरु नेपाल भारत सम्बन्ध बिगार्न लागि परेको बताएका छन् ।

ओलीको भनाइ उधृत गर्दै स्वकीय सचिव अनिश दाहालले भने, ‘नेपाल भारत सम्बन्ध बिगतमा पनि नराम्रो थिएन । केही केही ‘पेड’ मान्छेहरु व्यक्तिगत स्वार्थका लागि सम्बन्ध बिगार्न लागेका हुन् । धेरै छैनन्, एक दुई दर्जन मान्छे छन् ।

त्यस्ता व्यक्तिहरुका कारण सम्बन्धमा केही उतारचढाव आए पनि राजनीतिक र जनस्तरमा सम्बन्ध नबिगि्रएको ओलीले बताए । जवाफमा राजदूत पुरीले कसैले चाहेर पनि नेपाल भारत सम्बन्ध बिग्रन नसक्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web