<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">काठमाडौं । सार्वजनिक सवारी साधनमा पसेपछि सहजै बस्ने त परकै कुरा भयो राम्ररी सास फेर्न पनि कठिन हुन्छ । तर, प्रहरीले भने सार्वजनिक सवारी साधनभित्र हुने यौनजन्य दुर्व्यवहारलाई रोक्न प्रहरीले अब स्टिङ अप्रेसन गर्ने भएको छ। उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनमा प्रहरीको टोली अब सादा पोसाकमा खटिने प्रहरीले बताएको छ।</p><p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">पछिल्ला दिनमा सार्वजनिक सवारी साधनभित्र यौनजन्य गतिविधि बढेको भन्दै उजुरी परेपछि प्रहरीले कारबाहीका निम्ति नयाँ प्रविधि प्रयोग गर्ने निर्णय गरेको हो । महिलामाथि दुव्र्यवहार भएको भेटिए प्रहरी टोलीले दोषीलाई पक्राउ गरी आवश्यक कारबाही गर्नेछ। प्रहरीले ‘सेफ्टी पिन अप्रेसन’ नाम दिएको यो अभियान आजबाट सुरु भएको छ।</p><p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">प्रहरीले सबै सार्वजनिक सवारी साधनमा प्रहरीको टोली राख्न सम्भव नभएकाले अति ब्यस्त हुने बसपार्क लगायत क्षेत्रमा प्रहरीको टोली खटाउने भएको छ । टोलीले दुर्व्यवहार भएको पाईए दोषीलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही महानगरिय प्रहरी आयुक्त डीआईजी बम बहादुर भन्डारीले जानकारी दिए।</p>
21.12¡ÆC