रुकुमको स्यार्पुतालमा आधुनिक डुंगा

साउन १८, २०७४ मा प्रकाशित | 1087 views

रुकुम ।

रुकुमको बाफिकोट गाउँपालिका वडा नं. ३ र ५ मा रहेको स्यार्पु तालमा पहिलो पटक आधुनिक डुंगा सञ्चालनमा ल्याइएको छ ।

पर्यटन प्रबद्र्धनको लागी भन्दै स्थानीय दरिभान पुुरीले तालमा आधुनिक डुंगा सञ्चालनमा ल्याएका हुन । यस अघि उक्त तालमा काठका परम्परागत  डुंगा रहेका थिए ।

८ देखि १२ जना सम्म क्षमता रहेको उक्त आधुनिक डुंगा सञ्चालनमा ल्याइएपछि तालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ ।

कम जोखिम र छिटो छरितो तरिकाले तालमा घुम्न सकिने डुंगा सञ्चालक पुरीले बताए । उनका अनुसार डुंगामा चढ्दा लाईफ ज्याकेटको पनि र हेल्मेटको पनि व्यवस्था गरिएको छ ।

पर्यटन प्रबद्र्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमका अध्यक्ष चन्द्र बहादुर केसीले स्यार्पुतामाल आधुनिक ढुंगा सञ्चालनमा ल्याउनुले पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web