भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत जलाएर नष्ट गरियो

साउन १८, २०७४ मा प्रकाशित | 712 views

<p style="color: rgb(51, 51, 51); font-size: 15px; text-align: justify;">काठमाण्डौ । &nbsp;पहिलो चरणअन्तर्गत ३१ वैशाखमा भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत मंगलबार जलाएर नष्ट गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा गणनास्थल कभर्ड हल परिसरमा साँझ साढे ४ बजे मतपत्र जलाइएको हो ।</p><p style="color: rgb(51, 51, 51); font-size: 15px; text-align: justify;">यो वडामा पहिलो चरणको मतदानमा २८ सय ८७ मत खसेको थियो । मतपत्र जलाएको समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले लखेटेका थिए । मुख्य निर्वाचन अधिकृत न्यौपानेले सुरक्षाकर्मीलाई पत्रकारलाई बाहिर निकाल्न निर्देशन दिएका थिए । पत्रकार महासंघ चितवन शाखाले विज्ञप्ति जारी गरी समाचार संकलनमा रोक लगाउने कार्यको भत्र्सना गरेको छ ।</p><p style="color: rgb(51, 51, 51); font-size: 15px; text-align: justify;">सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार यस वडामा मतदान हुने भएको छ । निर्वाचनको मिति घोषणा गरेलगत्तै मौन अवधि सुरु भएपछि उम्मेदवारले थप प्रचारप्रसार गर्न नपाउने भएका छन् ।</p><p style="color: rgb(51, 51, 51); font-size: 15px; text-align: justify;">मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सर्वदलीय बैठक राखेर पुनः निर्वाचनको मिति तोकेको हो । मंगलबारबाटै मौन अवधि सुरु भएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । यस अवधिमा उम्मेदवारहरूले चुनाव प्रचारप्रसारका कुनै गतिविधि गर्न पाउनेछैनन् ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web