एक मधेस एक प्रदेश असम्भव : प्रचण्ड

साउन १७, २०७४ मा प्रकाशित | 856 views

जनकपुर  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले ‘एक मधेस स्वायत प्रदेश’ माओवादी केन्द्रको एजेन्डा नभएको बताएका छन्। पत्रकारको एक प्रश्नको जवाफ दिदै प्रचण्डले माओवादी केन्द्रका नेता मातृक यादवले भने जस्तो एक मधेस प्रदेशको एजेन्डा माओवादी केन्द्रको नभएको बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक मधेस एक प्रदेशको सवालमा भने, ‘माओवादी केन्द्रको लाइन एक मधेस स्वायत प्रदेश कहिल्यै थिएन र हुँदैन पनि। हाम्रो मधेसमा सधैं स्वायत मधेस दुई प्रदेश स्पष्ट धारणा छ।’

तपार्इंकै पार्टी माओवादी केन्दका इन्चार्ज मातृक यादवले एक मधेस प्रदेशको नारा लगाउँदै हिड्या छन् तपाईं भने दुई प्रदेश भन्दै हुनुहुन्छ यसबारे प्रस्ट पारिदिनु भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डले भने, ‘पार्टीमा त्यस्तो कुनै मधेस एक प्रदेशको कुरा उठेको छैन, यदि मातृकाजीले भन्नुभएको छ भने, त्यो उहाँको आफ्नो व्यक्तिगत विचार हुन सक्छ, पार्टीको आधिकारिक लाइन होइन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web