भरतपुर १९ मा २० गते चुनाव, आजैबाट शून्य समय सुरु…

साउन १७, २०७४ मा प्रकाशित
Published at 2017-08-01

620 views

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ मा यही साउन २० गते पुन: निर्वाचन हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकबाट निर्वाचन मिति तोकिएको हो । निर्वाचनको लागि आजैबाट शून्य समय सुरु भएको छ । शून्य समयमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।

नेकपा एमालेका प्रतिनिधिहरुले २१ गते चुनाव गराउन प्रस्ताव गरेको थियो । तर, कांग्रेस, माओवादी लगायत दलका नेताहरुको सुझावमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले २० गते नै चुनाव गराउने निर्णय भएको जानकारी गराएका छन् ।

पहिलो चरणको स्थानीय चुनावमा वडानम्बर १९ को मतगणना हुँदैगर्दा मतपत्र च्यातिएपछि पुनः चुनाव गर्न लागिएको हो । पुनः चुनाव गराउने यसअघिको निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । तर, सर्वोच्चले आइतबार सदर आयोगको निर्णयलाई सदर गरेपछि निर्वाचन अधिकृतको कार्यालयले पुनः निर्वाचन गराउन लागेको हो ।

भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवाली र कांग्रेस-माओवादी गठबन्धनबाट माओवादी उम्मेदवार रेणु दाहाल प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.