किन मानेन प्रधानमन्त्रीको निर्देशन सचिवले

साउन १७, २०७४ मा प्रकाशित | 694 views

काठमाडौं।  प्रधानमन्त्रीको निर्देशन लत्याउँदै खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय सपत्नी अस्ट्रेलिया भ्रमणमा निस्केका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले केही सातापहिले कर्मचारीको जथाभाबी विदेश भ्रमण रोक्न दिएको निर्देशन बेवास्ता गर्दै सचिव उपाध्याय आइतबार पत्नी ललिता उपाध्यायलाई लिएर अस्ट्रेलिया गएका हुन्। उच्चपदस्थ कर्मचारी अनावश्यक र असम्बन्धित विषयमा जथाभाबी भ्रमण जान थालेपछि प्रधानमन्त्री देउवाले भ्रमण रोक्न मुख्य सचिव र सरकारका सचिवहरूलाई निर्देशन दिएका थिए।

डिफ्याट अस्ट्रेलियाको आर्थिक सहयोगमा नेपालका आठ जिल्लामा खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसएनभीमार्फत खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनीलकुमार दासका लागि आएको कोटामा एउटा कोटा थप्न लगाएर सचिव उपाध्याय अस्ट्रेलिया गएका हुन्। आगामी भदौ १४ गते अनिवार्य अवकाश पाउन लागेका उपाध्याय अस्ट्रेलियाको वि्रजवेन र सिड्नीको १० दिने अवलोकन भ्रमण सकेर साउन २५ गते फर्कनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web