बैतडी । मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछि बैतडीका महिला मदिरा नियन्त्रण गर्ने अभियानमा जुटेका छन् । मदिरा र जुवातासले गाउँमा महिला हिंसाका घटना बढेको भन्दै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको दोगडाकेदार–३ श्रीकोटका महिला आन्दोलित भएका छन् ।

मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि हुन थालेको भन्दै संघर्ष समिति गठन गरी आन्दोलित भएका हुन् । लक्ष्मी ओडको अध्यक्षतामा महिला जागरण उत्थान समूह गठन गरेर सोमबार डाङ, खोचलेक, सिल्लेगडा हुँदै घोडेधारसम्म नाराजुलुससहित मदिरा र जुवातास बन्द गर्नुपर्ने माग गरेका हुन् ।

करिब २०० भन्दा बढी महिलाले दोगडाकेदार–३ श्रीकोटको वडा कार्यालय पनि घेराउ गरेको समूहका अध्यक्ष लक्ष्मी ओडले जानकारी दिनुभयो ।

सोमबार पहिलोे दिन नाराजुलुससहित वडा कार्यालय घेराउ गरेको र आज वडा कार्यालयमा मदिरा तथा जुवातास बन्द गर्नुपर्ने भनेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । आफूहरुले राखेको मागको सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको समेत श्रीकोटका महिलाले बताएका छन् ।

दोगडाकेदार गाउँपालिका वडा नं ३ का महिला वडा सदस्य हेमा कपाडी ९भट्ट०ले महिलाका मागमा ऐक्यबद्घता जनाउँदै यसको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

मदिरा तथा जुवातासले महिलामाथि हिंसा बढ्दै गएकाले महिलाका मागलाई आफूले सकारात्मकरुपमा लिएको दोगडाकेदार–३ श्रीकोटका वडाध्यक्ष चन्द्रदेव जोशीले बताउनुभयो । महिलाका मागलाई सम्बोधन गर्न तयार रहेको समेत वडाध्यक्ष जोशीले बताउनुभयो । रासस

17.58¡ÆC