धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित हुग्दीखोला पुलबाट गाडी खसेको छ ।

काठमाडौंबाट चितवनतिर जाँदै गरेको ना ६ ख ४७३८ नं को डिब्बा गाडी मंगलबार बिहान खसेको हो । डिब्बा गाडीले ना५त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिई हुग्दीखोला पुलबाट खोलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

गाडी खस्दा ट्रक चालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र सहचालक सिन्धुपल्चोककै दिलीप सापकोटा र ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

तीब्र गतिमा रहेको ट्रकले ट्याक्टरलाई ठक्कर दिएर खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। करिब १ महिना अघि सोही पुलबाट ट्रक खस्दा ३ जनाले ज्यान गुमाएका थिए।

17.16¡ÆC