कांग्रेस उपसभापतीद्धारा पदबाट राजिनामा

साउन १७, २०७४ मा प्रकाशित | 2637 views

अछाम । नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाँनाले पदबाट राजिनामा दिनुभएको छ ।

जिल्ला समन्वय समिती अछामको उम्मेद्धारि छनोटका लागि साउन १६ गते बसेको जिल्ला कार्य समितीको बैठकको क्रममा स्थानिय तहको निर्वाचनका क्रममा दोषिलाई कारबाही गर्नुको साटो जिल्ला कार्य समितीले दोषिलाई पुरस्कृत गर्ने गरि निर्णय गरेको भन्दै सो पदमा बसि कार्य गर्नुको कुनै औचित्य नरहेको भन्दै पदबाट राजिनमा दिएको बताउनु भयो ।

आफुले लेखेको राजिनामा पत्र सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गर्दै उपसभापती ढुगानाले दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा मंगलसेन नगरपालीकाको मेयर पदको उम्मेद्धारको प्रत्यासि भईरहदा निर्वाचनका क्रममा भोगेको घात प्रतिघातको समेत पार्टीलाई जानकारी गराउदा समेत आजको उम्मेद्धार छनोट समितीले दोषिलाई पुरस्कृत गर्ने गरि निर्णय गरेको आरोप लगाउनु भएको छ ।

मंगलसेन नगरपालीकामा स्थानियको तहको निर्वाचनमा १४ वडामा नेपाली काग्रेसले ९ वडामा विजयी हासिल गर्दा एमालेका मेयरका उम्मेद्धार पदम बहादुर बोहरा सँग झीनो मत अन्तरले पराजित भएका थिए ।

प्रखर बक्ता तथा युवा नेताको रुपमा छवि बनाएका नेता ढुगानाले विगत २ कार्यकाल देखि अछामी व्यापारिहरुको छाता सँगठन उद्योग वाणिज्य सँघ समालीरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web