काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।

विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर विमानस्थलमै कार्यरत थिए । मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए ।

उनीसँगै आएका कास्कीकी पार्वती गुरुङसमेत पक्राउ परेकी छिन् । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले बताए । सुन तस्करी हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तीनैजना विमानस्थलको अराइभलस्थित शौचालयबाट पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार सुन पास गराउने जिम्मा सई मानन्धरले लिएका थिए । उनी सुन लिन शौचालय पुग्दा प्रहरीलाई देखेपछि हच्किए । पक्राउ परेका रजालीले मानन्धरमार्फत आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

25.4¡ÆC