काठमाडौंका खाल्डा जस्ताको तस्तै प्रधानमन्त्रीलाई परिसकेको झुटो ‘प्रतिवेन’ बुझाए

साउन १७, २०७४ मा प्रकाशित | 666 views

काठमाडौं ।

प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिँदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन् । यो खबर शवहरि घिमिरेले आजको नागरिकमा लेखेका छन्।

प्रधामन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका धेरैजो निकायले झुटो प्रतिवेदन पठाएका बताए । ‘कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं,’ प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, ‘काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठाएको पायौँ।’

प्रधानमन्त्री कार्यालयमा सोमबार सरोकारवाला निकायले कामको विवरण पठाएका छन्। काठमाडौं उपत्यका खानेपानी  लिमिटेड 'केयुकेल' ले ६८ प्रतिशत काम सकिएको प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web