हृदयेश र सर्वेन्द्रनाथलाई कारवाहीको लागी सिफारीस

साउन १६, २०७४ मा प्रकाशित | 1159 views

काठमाडौँ । अनुशासनविपरित काम गरेको भन्दै हृदयेश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरुलाई कारवाही गर्न राष्ट्रिय जनता पार्टी नेपाल रुपन्देहीले केन्द्रलाई सिफारिश गरेको छ ।

शनिबार राजपा नेपाल जिल्ला अध्यक्ष मण्डलका सदस्य नागेन्द्र सहनीको अध्यक्षतामा बसेको बैठकले उनीहरुमाथि कारवाही गर्न केन्द्रीय कार्यसमितिसँग सिफारिश गरेको हो ।

पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहेका सर्वेन्द्रनाथ शुक्लाले असार १४ गते भएको स्थानीय तहको चुनावमा रुपन्देही जिल्लामा आफ्नो स्वतन्त्र उम्मेदवार उठाएर पार्टीको हितविपरित कार्य गरेको ठहर गर्दै जिल्ला समितिले कारवाहीको माग गरेको पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश गुल्जारीले जानकारी गराए ।
उपाध्यक्ष शुक्लाले चुनावको समयमा आफ्ना स्वतन्त्र उम्मेदवार जिताउनका लागि घरदैलो कार्यक्रम गर्नुको साथै चुनावीसभाहरुमा भाषण गर्दै राजपा नेपालका स्वतन्त्र उम्मेदवारलाई जिताउनका लागि आग्रह गरेको रुपन्देही जिल्ला कार्यसमिति अध्यक्ष मण्डलका सदस्य नागेन्द्र सहनीले बताए ।

पार्टीले चुनावमा भाग नलिन र सके त्यसलाई बिथोल्न निर्देशन दिएको थियो तर शुक्लाले आफ्नो तर्फबाट उम्मेदवार उठाएर पार्टीको हितविपरित कार्य गरेकाले उनीलगायत उम्मेदवारी दिएका तथा चुनाव प्रचारमा खटिएका राजपा नेपालका अन्य नेता तथा कार्यकर्तालाई कारवाही गर्न केन्द्रलाई पठाएको सहनीले बताए ।

त्यसैगरि, पार्टीका केन्द्रीय सहअध्यक्ष हृदयश त्रिपाठीलाई पनि कारवाही गर्नुपर्ने सिफारिश गरेको छ । त्रिपाठीले पाँच नम्बर प्रदेशका नेता तथा कार्यकर्तालाई भेला गरी पार्टी विभाजन गर्ने जस्ता कार्य गरेको आरोप लगाउँदै उनलाई पनि कारवाही गर्नुपर्ने निर्णय गर्दै जिल्ला समितिले केन्द्रलाई सिफारिश गरेको छ ।

साउन २ गते रुपन्देहीको एक होटलमा बैठक बसेर त्रिपाठीले पार्टी विभाजन गर्ने जस्ता योजना बनाएको ठहर रुपन्देही कार्यसमितिले गरेको छ । पार्टी फुटाउने योजना बनाउने त्रिपाठीलगायतका नेताहरुलाई कारवाही गर्न पनि केन्द्रलाई सिफारिश गरेको अध्यक्ष मण्डल सदस्य सहनीले जानकारी गराए ।

यद्यपी त्रिपाठीले पाँच नम्बर प्रदेशका राजपा नेपालको भेला रहेको प्रतिकृया त्यतिबेला दिएका थिए । तर सहनी भन्छन्, यदि राजपा नेपालको भेला थियो भने त्यसमा पाँच नम्बर प्रदेशका सबै नेताहरुलाई जानकारी हुनुपर्ने थियो तर कसैलाई जानकारी नदिइकन आफ्ना निकटका नेतालाई बोलाएर पार्टी विभाजन गर्ने योजना बनाउन लागेका थिए तर बैठकमै त्यसको विरोध भएपछि तत्कालका लागि सो योजना तुहिएको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web