देउवाले पार्टी र सरकार हुकुमी शैलीमा चलाए – पौडेल

साउन १६, २०७४ मा प्रकाशित | 793 views

पोखरा । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि राजाको हुकुमी शासनमा जस्तो मनोमानी तरिकाले पार्टी र सरकार चलाएको आरोप लगाएका छन् ।

पोखरा लेखनाथ महानगर-१६ लामाचौरमा रहेको ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस हाताभित्र निर्मित वीपी स्मृति पार्कको समुद्घाटन कार्यक्रममा पौडेल पार्टी सभापतिमाथि खनिएका हुन् ।

सरकारमा जाने मन्त्री चयनका लागि छुट्टै विधि र विधान भएपनि पार्टी सभापति देउवाले त्यसलाई लत्याएर आफ्नो मान्छेमात्र छानेेको पौडेलको आरोप छ ।

बरिष्ठ नेता पौडेलले पार्टीमा योगदान दिने नेता/कार्यकर्ताको मूल्यांकन हुन छाडेको भन्दै यसले पार्टीलाई कमजोर बनाएको बताए ।

वीपीले देखाएको बाटोमा नहिंड्दा जनताले स्थानीय चुनावमा एमालेलाई भोट हालेको उनको विश्लेषण छ । कांग्रेसकै कमजोरीका कारण पार्टी कमजोर भएको भन्दै उनले भने, ‘कांग्रेसजस्तो सिद्धान्त भएको पार्टी छाडेर जनताले किन एमाले रोज्यो ? कार्यकर्ताले किन आफ्नै पार्टी कांग्रेसमा भोट हालेनन् ? जनता बहुलाएर त्यसो गरे भन्नु त भएन । बरु हामी आफै सच्चिनुपर्छ ।’

संविधान कार्यान्वयनमा गएपनि पार्टीहरु सिस्टममा नचलेको टिप्पणी गर्दै उनले कांग्रेसपनि यसबाट अछुतो नरहेको बताए । कांग्रेसले आफूलाई संस्थागत र ब्यवस्थित गरेर अन्य पार्टीले पछ्याउने किसिमको उदाहरणीय पार्टी बनाउनुपर्ने र त्यसका लागि सभापतिले भूमिका खेल्नुपर्ने उनले बताए ।

लोकतान्त्रिक तथा कम्युनिष्ट बिचारधारा बोकेका सबै पार्टीहरु वीपीकै सिद्धान्तमा चलिरहेको पौडेलको दाबी छ ।

कांग्रेस नेता पौडेलले मंसीर १५ गतेसम्ममा प्रतिनीधि सभा तथा प्रदेश सभाको निर्वाचन सक्नुपर्ने धारणा व्यक्त गरे । लोकतन्त्र र समाजवाद मान्नेलाई मात्र संगठनमा गोलबद्ध गर्न नेविसंघलाई निर्देशन दिए । उनले पार्टी भित्रको कुनैपनि गुटमा नलागी वीपीको सिद्धान्तमा अघि बढ्न पनि आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web