देवी ज्ञवालीको कडा प्रतिक्रिया : ‘म जनताको अदालतमा पुनः दृढतापूर्वक जान्छु’

साउन १६, २०७४ मा प्रकाशित | 787 views

भरतपुर। सर्वोच्चले दिएको आदेशको देवी ज्ञवालीले विरोध गर्नु भएको छ । एमालेका तर्फबाट भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बन्नु भएका ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई दुर्भाग्यपूर्ण भन्नुभएको छ । भरतपुरमा पुनः मतदान गर्न  नेपालको इतिहासमा स्वतन्त्र न्यायपालिकामाथि राज्यसत्ताको हस्तक्षेपको दृष्टान्तको रुपमा लिएको छु,’ उहाँले भन्नुभयो, ‘यो हामी जस्ता लोकतन्त्र र न्यायका लागि लडेका नागरिकका लागि अन्यन्तै दुःखद फैसला हो ।’ भरतपुरका मतदाताहरुले मलाई हौसला दिइरहनुभएको छ । निराश नहुनुस, न्यायको साथमा छौँ, अघिल्लोपटक पनि मतदान गरेका थियौँ, यसपटक पनि तपाईंलाई नै मतदान गर्छौं भनिरहनुभएको छ ।

उहाँले न्यायपालिकाको इतिहासमा राज्यसत्ताको हस्तक्षेप भएको प्रमाणको रुपमा लिएको पनि दाबी गर्नुभयो । ‘मैले कल्पना पनि गरेको थिइन् । राज्य सत्तासँगको लडाईं हो, निरन्तर लड्नेछु,’ उहाँले भन्नुभयो, ‘अन्तिम फैसलाकर्ता भनेका जनता हुन्, म जनताको अदालतमा पुनः दृढतापूर्वक जान्छु । जनताको जनादेशबाट पूर्ण प्रमाणित भएर आउन चाहन्छु । मलाई विश्वास छ, भरतपुर १९ नम्बरका जनताले न्यायपूर्ण निर्णय गर्नुहुनेछ ।’

निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयको सर्वाेच्चले सदर गरेपछि  उहाँले भन्नुभयो, “अदालतको निर्णय मान्दिन भन्न भएन । मान्नै पर्छ, तर यो निर्णय त्रुटिपूर्ण छ र दुर्भाग्यपूर्ण छ ।” उहाँले अब जनतामा गएर विजयी हुने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “अदालतको निर्णयलाई मान्दै जनतामा गई जनताबाट पुनः निर्वाचित भएर आउने कोशिस गर्छु ।”

भरतपुर बारेमा सर्बोच्चको फैसलाप्रतिको एमालेको यस्तो छ टिप्पणी

अदालतको फैसला संगै एमालेले पनि आफ्नो धारणा राखेको छ सर्बोच्चको फैसलाप्रतिको टिप्पणी गर्दै भनेको छ नेकपा एमाले स्वतन्त्र न्यायलयप्रति सम्मान ब्यक्त गर्दछ । न्यायलयको गरिमालाई उच्च राख्न सदैब कृयाशिल रहनेछ । तर आजको फैसला दुर्भाग्यपूर्ण छ । यसले राजनीतिको अपराधिकरण तथा अपराधको राजनीतिकरणलाई प्रस्सय दिएको छ ।

नागरिकको सर्बोच्चता तथा जनमतलाई अपमानित गरेको छ । तथापि भरतपुरका जनताले पुन आफ्नो जनमत मार्फत नागरिकको सर्बोच्चतालाई स्थापित गर्नेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web