लोडसेडिङ्गको बिरोधमा प्राधिकरणमा ताला, प्रमुखको कुर्ची तोडफोड

साउन १५, २०७४ मा प्रकाशित | 696 views

कञ्चनपुर । कञ्चनपुर जिल्लालाई पूर्ण लोडसेडिङ्ग मुक्त गर्नु पर्ने माग राख्दै आएको माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरमा तालाबन्दी गर्नुका साथै कार्यालय प्रमुखको कुर्सी तोडफोड गरेका छन् ।

संगठनले उठाएका माग बारे विद्युत प्राधिकरणले वेवास्ता गरेको भन्दै आइतबार क्रान्तिकारी कञ्चनपुरले विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरका प्रमुख पुष्पराज पन्तकाे कार्यकक्षमा तालाबन्दी गरेको हो । तालाबन्दी भएपछि विद्युतको नियमित काममा समेत असर पुगेको छ ।

जिल्लालाई लोडसेडिङ्ग मुक्त घोषणा गर्न पटक–पटक माग राख्दै ज्ञापनपत्र बुझाएपनि आफ्नो मागप्रति प्राधिकरण गम्भिर नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको भट्टले बताए ।

विद्युत प्राधिकरणका कर्मचारीले ठूला उद्योगबाट घुस लिएर गाउँको विद्युत कटौती गरेको उनीहरुको आरोप छ । माग पुरा नहुन्जेल तालाबन्दी यथावत रहने र मागप्रति वेवास्ता गरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web