पोखरा । लेखनाथ महानगरपालिका–२६ सेदी बगरमा गएराति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

पामेबाट पोखरा फर्कंने क्रममा राति १०ः३० बजे ग.१य. ८७९ नम्बरको जीप सेदी बगर नजिकबाट तल फेवातालमा खस्दा भोजपुर दमना गाउँपालिका घर भई पोखरा बस्दै आएका रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटना भएलगत्तै पुगेको प्रहरीको टोलीले उद्धार गरेर उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ भने ३ जना सामान्य छन् । गम्भीर घाइते भोजपुर घर भई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० बुद्धचोक बस्ने विष्णु राई र सोही स्थान बस्ने भक्तबहादुर राईको पोखरा गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलको आईसियुमा राखेर उपचार भइरहेको छ ।

दुर्घटनामा सामान्य घाइते ३ जनाको पनि फिस्टेल हस्पिटलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सेदीबगरबाट करिब ५०–६० मिटर तल फेवातालमा जीप खसेको थियो । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

22.63¡ÆC